Subscribe Us

Responsive Advertisement

Advertisement

यी हुन यूरोपियन यूनियन भित्रका धनी र गरिब देश

यूरोपियन यूनियन भित्रका देशहरु मध्ये डेनमार्कका परिवारहरु सबैभन्दा धनी रहेको त्यहाँको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ । सन् २०२० को चौथो क्वार्टरको तथ्यांक अनुशार डेनमार्कमा परिवारको औषत आर्थिक सम्पत्ति ३ लाख डलर अर्थात एक दशमलब ८८ मिलियन डेनिस क्रोन रहेको थियो ।
तथ्यांक अनुसार डेनिसहरुको ऋण पनि उच्च रहेको छ । लक्जेम्बर्गका नागरिकको औषत ऋण ६ लाख ६० हजार रहेकोमा डेनमार्कका 

नागरिकको औषत ऋण ५ लाख ६० हजार रहेको छ । डेनमार्कको केन्द्रीय बैंकले यो विवरण औषतमा रहेको र व्यक्ति व्यक्तिबीच फरक फरक रहेकोमा जोड दिएको छ । 


यूरोपियन यूनियन भित्र दोश्रो धेरै सम्पत्ति हुनेमा नेदरल्याण्डस्का परिवारहरु रहेका छन् । त्यस्तै सबै भन्दा गरिब रोमानियाका परिवारहरु रहेका छन् । उनीहरुको औषत सम्पत्ति ८० हजार डेनिस क्रोन रहेको छ ।

Post a Comment

1 Comments

  1. Babin g namaskar. Aba czech repablic.ko barema pani kehi help huni vedio upload garnu bhayama ma lagayata aru 11 jana sathi haru ani khusi huni thiyau ki ???

    ReplyDelete