यूरोपियन यूनियन भित्रका देशहरु मध्ये डेनमार्कका परिवारहरु सबैभन्दा धनी रहेको त्यहाँको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ । सन् २०२० को चौथो क्वार्टरको तथ्यांक अनुशार डेनमार्कमा परिवारको औषत आर्थिक सम्पत्ति ३ लाख डलर अर्थात एक दशमलब ८८ मिलियन डेनिस क्रोन रहेको थियो ।
तथ्यांक अनुसार डेनिसहरुको ऋण पनि उच्च रहेको छ । लक्जेम्बर्गका नागरिकको औषत ऋण ६ लाख ६० हजार रहेकोमा डेनमार्कका
नागरिकको औषत ऋण ५ लाख ६० हजार रहेको छ ।
डेनमार्कको केन्द्रीय बैंकले यो विवरण औषतमा रहेको र व्यक्ति व्यक्तिबीच फरक फरक रहेकोमा जोड दिएको छ ।
यूरोपियन यूनियन भित्र दोश्रो धेरै सम्पत्ति हुनेमा नेदरल्याण्डस्का परिवारहरु रहेका छन् ।
त्यस्तै सबै भन्दा गरिब रोमानियाका परिवारहरु रहेका छन् । उनीहरुको औषत सम्पत्ति ८० हजार डेनिस क्रोन रहेको छ ।
1 Comments
Babin g namaskar. Aba czech repablic.ko barema pani kehi help huni vedio upload garnu bhayama ma lagayata aru 11 jana sathi haru ani khusi huni thiyau ki ???
ReplyDelete